सर्लाही, १० जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले एसियन गेम क्वालिफायरका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । 

टोलीमा उनीसँगै कुशल भुर्तेल, रोहित पौडेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र साहव आलम रहेका छन् । 

एसियन गेम्स क्वालिफायर एक हप्तापछि अर्थात् मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा टी २० फरम्याटमा हुँदैछ । 

नेपालले मे ३१ बिहान ७:१५ बजे चीनसँग, जुन २ मा कतारसँग, जुन ४ मा मलेसियासँग खेल्नेछ । क्वालिफायरमा नेपालसँगै चीन, मलेसिया र कतार छन् । अर्को समूहमा सिंगापुर, ‌ओमान, हङकङ र बहरेन छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *