सर्लाही, ११ जेठ । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भइरहेको छ ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।
प्रदेश प्रमुख घर्तीमगरलाई प्रदेश सभा भवनमा चेतनारायण आचार्य, तुलाराम घर्तीमगरसहित मन्त्री तथा प्रदेश सभा सदस्यहरूले स्वागत गरेका थिए । प्रदेश प्रमुख घर्तीमगरलाई नेपाल प्रहरीको एक टुकुडीले सम्मान सलामी समेत दिएको थियो ।
प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगार, शिक्षा, स्वास्थ्य तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ ।
