सर्लाही, १३ जेठ । गुजरात टाइटन्सलाई पराजित गर्दै साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । 

मंगलबार राति भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनले पराजित गर्दै आरसीबी लगातार दोस्रो पटक आईपीएलको फाइनलमा पुगेको हो । 

पराजित गुजरातसामु फाइनल पुग्ने दोस्रो मौका छ ।

गुजरातले अब दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ ।

एलिमिनेटर खेलमा आज बुधबार राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद खेल्नेछन् । 

आरसीबीले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको गुजरात ३ बल अगावै १ सय ६२ रनमा समेटियो । 

गुजरातका लागि राहुल तेवाटियाले सर्वाधिक ६८ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् ।

उनले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दा भुवनेश्वर कुमारको बलमा क्याच आउट हुन पुगे । 

जस बटलरले २९ र ओपनर साइ सुदर्शनले १४ रन बनाए ।

अन्य ब्याटर आरसीबीका बलरसामु निहिर बन्दा दोहोरो अंकको स्कोर छुन सकेनन् । 

गुजरातलाई कम स्कोरमा रोक्न आरसीबीका लागि जाकोब डफीले ३ विकेट लिए ।

भुवनेश्वर कुमार, रनसिक सलाम र क्रुनाल पाण्ड्याले समान २ विकेट लिए ।

जस हेजरवुडले एक विकेट आफ्नो नाममा गरे । 

त्यसअघि धर्मशालाको हिमाञ्चल प्रदेश क्रिकेट एशोसियसन स्टेडियममा गुजरातले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५४ रनको योगफल तयार पारेको थियो । 

आक्रामक पारी खेलेका आरसीबीका कप्तान रजत पाटिदार ९३ रनमा अविजित रहे। उनले ३३ बलमा ५ चौका र ९ छक्का प्रहार गर्दै नटआउट रहे । 

विराट कोहली र क्रुनाल पाण्ड्याले समान ४३ रन थपे। देवदत्त पाडीक्कल ३० रन बनाए । 

गुजरातका कागिसो रवाडा र जेसन होल्डरले समान २ विकेट लिए। प्रसिद कृष्णले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *