सर्लाही, १२ जेठ । मधेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाँच मन्त्री नियुक्त गरेका हुन् ।

अर्थमा नेकपाका युवराज भट्टराई, एमालेबाट भौतिकमा मोहम्मद समिर, श्रम तथा यातायात मन्त्रीमा शारदादेवी थापा, युवा तथा समाज कल्याणमन्त्रीमा लखनदास र शिक्षा तथा संस्कृति मन्त्रीमा मनोज सिंहलाई नियुक्त भएका छन् ।

यस्तै कांग्रेसबाट स्वास्थ्यमा नगेन्द्र शाह नियुक्त भएका छन् । यसअघि जंगीलाल राय थिए । उनलाई हटाइएको छ ।

नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *