सर्लाही, १८ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।

भारतीय आयल कर्पोरेशन (आईओसी) बाट नयाँ मूल्यसूची प्राप्त भए पनि निगमले उपभोक्ताका लागि मूल्यमा कुनै हेरफेर नगरेको जनाएको छ । 

निगमको सञ्चालक समितिको जेठ १७ गतेको निर्णयअनुसार जेठ १८ गते बिहीबार बिहान १ बजेदेखि लागू हुने गरी साविककै खुद्रा बिक्री मूल्य कायम राखिएको हो । 

निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिका कारण पूर्ण रूपमा मूल्य समायोजन गर्न नसकिएको जनाएको छ ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढिरहेको र सोही कारण आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पूर्ण रूपमा मूल्य समायोजन गर्न नसकिएको निगमको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *