सर्लाही, २० जेठ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता गर्दैछन् ।
सोमबार नयाँदिल्ली पुगेका लामिछानेले हिजोदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका हुन् । हिजो उनले भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकरसँग छुट्टाछुट्टै भेट गरेका हुन् ।
गृहमन्त्री शाहसंग भएको भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा कुराकानी भएको रास्वपाले जनाएको छ ।
त्यसअघि भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीनसँग भेट भएको थियो भने भाजपाको मुख्यालयमा रेडकार्पेट र बाजागाजासहित भब्य स्वागत गरिएको थियो ।
लामिछाने र भारतीय विदेशमन्त्री एस जयशंरबीकोे भेट छलफल भारत-नेपाल विकास साझेदारी तथा जनस्तरका सम्बन्धहरूमा केन्द्रित रहेको बताइएको छ ।
प्रधानमन्त्री मोदीसँगको भेटवार्तापछि सभापति लामिछाने अयोध्या पुगेर राममन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ ।
