सर्लाही, २० जेठ । जापान सरकारले नेपाललाई दिने ऋण सहायता थप गरेको छ ।
जापान सरकारकै ऋण सहायतामा बनिरहेको नागढुंगा सुरुङमार्ग परियोजनालाई थप ५.७ अर्ब येन अर्थात् ५ अर्ब ४३ करोड रुपैयाँ ऋण सहायता दिने सम्झौता भएको हो ।
नेपालका लागि जापानी राजदूत माएदा तोरु र अर्थसचिव घनश्याम उपाध्यायले यो सम्झौतामा हस्ताक्षर गरी आदानप्रदान गरेको जापानी दूतावासले जनाएको छ ।
यसअघि सन् २०१६ डिसेम्बरमा उक्त परियोजनाका लागि १५.६३ अर्ब येनसम्मको ऋण सहायता दिने पहिलो सम्झौता भएको थियो। थप ५.७ अर्ब येनसँगै यो परियोजनामा जापानबाट लिइएको कुल ऋण २२.३३ अर्ब येन पुगेको छ ।
सन् २०१९ मा यो परियोजना निर्माण सुरु भएको थियो ।

