सर्लाही, २० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अराजकतन्त्र पनि धेरै समय नटिक्ने बताएका छन् ।

नेपालमा राणा शासन र राजतन्त्रसहित अनेकतन्त्र ढलेको दृष्टान्त पेस गर्दै ओलीले अराजकतन्त्र पनि केही दिनको पाहुना रहेको बताए । 

एमाले केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन समारोहमा ओलीले समय सधैँ एकनास नरहने भन्दै धेरै नहाैसिन चेतावनी दिए । 

उनले लामो समयको तयारीपछि भदाै २३ र २४ गते विध्वंस मच्चाइएको जिकिर गरे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *