सर्लाही, २१ जेठ । सरकारले विदेशबाट फर्किने नेपाली नागरिक, वैदेशिक रोजगारीमा रहेका श्रमिक, गैरआवासीय नेपाली (एनआरएन) तथा विदेशी यात्रुले आफ्नो साथमा ल्याउन/लैजान पाउने निजी प्रयोगका वस्तुसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै १५ जेठदेखि लागू हुने गरी भन्सार सुविधाको विस्तृत व्यवस्था सार्वजनिक गरेको हो ।

आफूले प्रयोग गरेका लुगाफाटा, ओछ्यान तथा घरगृहस्थीका पुराना सामग्री, उपचारपछि फर्किने बिरामीले ल्याएका औषधि, शारीरिक रूपमा अशक्त व्यक्तिले प्रयोग गर्ने सहायक सामग्री, कानुनले तोकेको परिमाणसम्मको सुन तथा चाँदीका गहना, एक–एक थान ल्यापटप वा ट्याबलेट वा डेस्कटप कम्प्युटर, घडी, क्यामेरा, भिडियो क्यामेरा तथा मोबाइल फोनमा पूर्ण छुट, बच्चा बोक्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान, चिकित्सकले ब्लडप्रेसर नाप्ने यन्त्र र स्टेथोस्कोप, खेलाडीले फुटबल, भलिबल, ब्याडमिन्टन वा क्रिकेट सामग्री तथा गायक–संगीतकारले गितार, हार्मोनियम, तबलालगायतका उपकरण ल्याउन सक्नेछन् । यसैगरी, सात किलोग्रामसम्म खाद्य सामग्री र एक लिटरसम्म मदिरा पनि भन्सार छुटमा ल्याउन पाइने ।

वैदेशिक रोजगारीमा गएका नेपालीलाई थप सुविधा 
कम्तीमा ६ महिना रोजगार गरेर फर्किएका नेपालीले आफूले प्रयोग गर्नेबाहेक थप एक थान नयाँ मोबाइल भन्सार छुटमा ल्याउन पाउने ।

आफू आउने समयभन्दा अघि वा पछि कार्गो, हुलाक वा अन्य माध्यमबाट पठाएका घरायसी पुराना सामानमा पनि भन्सार छुट पाउने । तर, ती सामान आफैँ उपस्थित भएर जाँचपास गराउनुपर्ने ।

लगातार कम्तीमा १२ महिना रोजगारी गरेर फर्केका नेपालीले ६५ इन्चसम्मको एक थान टेलिभिजन पनि पूर्ण भन्सार छुटमा एक पटक मात्र ल्याउन पाउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *