तेस्रो विवाह गर्दै आमिर खान, आउँदो महिना गौरीसँग विवाहको चर्चा

Byसदाम हुसैन

२०८३ जेष्ठ २१, बिहीवार २०८३ जेष्ठ २१, बिहीवार २०८३ जेष्ठ २१, बिहीवार

बलिउड अभिनेता आमिर खान तेस्रो विवाहको तयारीमा जुटेको चर्चा सुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आमिर र प्रेमिका गौरी स्प्राटले सम्बन्धलाई विवाहको रुप दिने तयारी गरेका हुन् ।

यी दुवैजना लामो समयदेखि सम्बन्धमा छन् । आमिरले ६०औँ जन्मदिनका अवसरमा गौरीलाई सार्वजनिक रुपमा चिनाएका थिए । यदि यो विवाह सम्पन्न भयो भने आमिरको यो तेस्रो विवाह हुनेछ ।

स्रोतका अनसार ५ जुलाईमा वैवाहिक समारोह हुँदैछ, जहाँ, निकट पारिवारिक सदस्य र मित्र सहभागी हुने अपेक्षा छ ।

विवरणअनुसार, विवाह समारोह निकै सादगीपूर्ण हुनेछ । गोपनीयतालाई विशेष ध्यान दिइनेछ । यसअघि आमिरले गौरीसँगको सम्बन्धबारे खुलासा गर्दै उनी बेंगलुरुमा बस्ने भएकाले आफू त्यहाँ भेट्न जाने गरेको र मिडियाको कम उपस्थितिका कारण सम्बन्ध लामो समयसम्म सार्वजनिक नभएको बताएका थिए ।

तेस्रो विवाहबारे सोधिएको प्रश्नमा आमिरले पहिले भनेका थिए, ‘मैले दुई पटक विवाह गरिसकेको छु । अब ६० वर्षको उमेरमा फेरि विवाह गर्नु उपयुक्त नदेखिन सक्छ’ उनले भनेका थिए, ‘तर हेरौं, भविष्यमा के हुन्छ ।’

स्रोतका अनुसार आमिर र गौरी पछिल्लो एक वर्षभन्दा बढी समयदेखि परिवारजस्तै साथमा बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *