सर्लाही, २२ जेठ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामु राज कडरियाको सरुवा भएको छ ।
गृह मन्त्रालयले शुक्रबार गरेको सहसचिवस्तरीय सरुवाअन्तर्गत कडरियालाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको हो ।
कडरियाले गत कात्तिक १७ गते जिल्ला प्रशासन कार्यालय मलंगवामा हाजिर भई सर्लाहीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए । करिब सात महिनाको कार्यकालपछि उनको सरुवा भएको हो ।
सर्लाहीको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा जिल्ला प्रशासन कार्यालय धादिङमा कार्यरत विजयराज सुवेदीलाई सरुवा गरिएको छ । गृह मन्त्रालयले प्रजिअसहित १६ जना सहसचिवको सरुवा गरेको जनाएको छ ।
नवनियुक्त प्रजिअ सुवेदीले चाँडै नै सर्लाहीमा हाजिर भई जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको छ।
