सर्लाही, २२ जेठ । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिका –६, मिर्जापुरमा बिहीबार दिउँसो ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । 

गडहीयाबाट मिर्जापुरतर्फ जाँदै गरेको ना ४ त ८८३४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय अर्जुन साहकी छोरी पाँच वर्षीया अङ्किता साहको मृत्यु भएको हो ।

आधारभूत विद्यालय मिर्जापुरमा अध्ययन बालिकाको विद्यालयबाट घर फर्कदै गरेको बेला सिमेन्ट र छड बोकेको ट्याक्टरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ । दुर्घटनापछि ट्याक्टर चालक सोही ठाउँका १८ वर्षीय कृण्णकुमार साह फरार भएका छन् । 

फरार ट्याक्टर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ट्याक्टर प्रहरीको नियन्त्रणमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *