सर्लाही, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका संगठित सदस्यको संख्या पाँच लाख नाघेको छ। निर्वाचनपछि सदस्यता लिनेको संख्या बढेको छ । 

संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार बिहीबारसम्म पाँच लाख १२ हजार ७४५ जनाले रास्वपाको सदस्यता लिएका छन्। दिनहुँ हजारभन्दा बढीले सदस्य लिइरहेको उनको भनाइ छ ।

रास्वपाले डिजिटल एप डाउनलोड गरेर आफ्नो विवरण भरेर अनलाइनमार्फत सदस्यता लिन सक्ने व्यवस्था मिलाएको छ । अफलाइन फाराम भरेर पनि सदस्यता लिने विकल्प छ ।

अझै ५० हजारभन्दा माथि अफलाइन फाराम इन्ट्री हुन बाँकी नै रहेको संगठन विभागले जनाएको छ । 

असार पहिलो साता पहिलो महाधिवेशन गर्न लागेको रास्वपामा विभिन्न दल परित्याग गरेर प्रवेश गर्ने क्रम पनि बढेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *