सर्लाही, २५ जेठ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदापछि काममा फर्किएकी छन् ।

प्रधानन्यायाधीश मनोशकुमार शर्मा नियुक्त भएपछि असन्तुष्ट रहेकी मल्ल बिदामा बसेकी थिइन्। उनी सोमबार अदालत आएकी हुन् । 

उनले आजैदेखि मुद्दा हेर्ने छिन्। उनको एकल र संयुक्त इजलासमा विभिन्न मुद्दाका पेशी परेको छ । 

शर्माले प्रधानन्यायाधीशको रूपमा पदभार ग्रहण गर्नुपूर्व उनी आफैले कायममुकायम प्रधानन्यायाधीशको रूपमा बिदा स्वीकृत गराएर बसेकी थिइन् । 

सर्वोच्चमा वरीयतामा पहिलो रोलक्रममा रहेका मल्ल, दोस्रोमा न्यायाधीश कुमार रेग्मी र तेस्रोमा हरिप्रसाद फुयाललाई पन्छाएर चौथो नम्बरमा रहेका शर्मालाई संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेपछि मल्ल असन्तुष्ट थिइन् ।

शर्मालाई सर्वोच्च अदालतमा स्वागत गर्दा पनि मल्ल उपस्थित थिइनन् । उनी पछिका रोलक्रममा रहेका न्यायाधीश कुमार रेग्मीले प्रधानन्यायाधीश शर्मालाई स्वागत गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *