सर्लाही, २५ जेठ । प्रतिनिधि सभाको बैठक भोलिलाई सारिएको छ । विपक्षीको अवरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँसेर भोलिसम्म स्थगित गरिएको हो ।

अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने जानकारी गराइएको छ।विपक्षीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति हटाउनुपर्ने र सदनमा आएर माफी माग्नुपर्ने अडान लिएर अवरोध जारी राखेपछि सभामुखले बैठक रोकेका थिए ।

उनीहरूले संवादबाट सहमति खोज्न सभामुखलाई आग्रह गरेका थिए । आजै रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक राखेर विपक्षीसँग संवाद थालेको भएपनि कुरा मिल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *