सर्लाही, २६ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबिच सोमबार फोनवार्ता भएको छ ।
दुई महिनाको युद्धविरामपछि आइतबार राति फेरि इजरायल र इरानले हानाहान गरेपछि दुई नेताबिच फोनमा कुराकानी भएको हो ।
ह्वाइट हाउसका एक अधिकारीले बीबीसीलाई बताएअनुसार दुई राष्ट्रप्रमुखले इरान-इजरायल गोलाबारीबारे छलफल गरेका थिए ।
यद्यपि थप विवरण दिइएन ।
यसअघि इजरायलको च्यानल १२ न्युजले इजरायलले इरानमा आक्रमण रोक्ने रिपोर्ट गरेको थियो। इजरायलका एक वरिष्ठ अधिकारीले आक्रमण रोक्ने निर्णय ट्रम्पको अनुरोधमा गरिएको बताएका थिए ।
उल्लेखनीय छ- ट्रम्पले सोमबार इरान र इजरायल तत्काल युद्धविराम चाहेको दाबी गरेका थिए ।
