काठमाडौँ, २८ जेठ । भारतको विदेश मन्त्रालयले बुधबार ओमानको तटनजिकै भारतीय चालक दलका २४ सदस्य बोकेको व्यावसायिक जहाजमा आक्रमण भएको जानकारी दिएको छ ।
विदेश मन्त्रालयले भारतीय चालक दलका २४ सदस्यमध्ये २१ जनालाई उद्धार गरिएको र तीन जना अझै बेपत्ता रहेको बताएको छ ।
आक्रमण गरिएको जहाजको नाम ‘सेट्टेबेलो’ हो ।
इरान र इजरायलबिचको सैन्य झडपपछि मध्य पूर्वमा तनाव उच्च रहेका बेला यो आक्रमण भएको हो ।
बुधबार साँझ परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आक्रमणको निन्दा गरेको छ ।
