सर्लाही, २८ जेठ ।  नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले काठमाडौं महानगरपालिकाको मेयर हुँदा बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको सन्दर्भ स्मरण गरेका गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘कुनै दिन काठमाडौं महानगरको नगरप्रमुखको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा झुन्डिरहँदा मैले बागमती प्रदेशको हेटौंडामा भौत्तिक पूर्वाधार विकास मन्त्रालयको कार्यकक्षमा पनि ग्रेटर नेपालको नक्सा झुन्ड्याएको स्मरण गर्न चाहन्न्छु ।’

सांसद दुलाल अगाडि भन्छन्, ‘त्यसबेला म प्रभावित भएको थिएँ ।’

त्यही पात्रले कार्यकारी प्रमुख भएर प्रधानमन्त्रीको कुर्सीमा आसिन भएपछि संसद्को रोष्ट्रममा नेपालले पनि भारतको भूमि मिचेका रहेछ भनेर गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको उनले बताए ।

‘सत्ताको कुर्सीले एउटा नेपालीको राष्ट्रियताप्रतिको मोह, राष्ट्रियताप्रतिको मावना किन च्युत भयो होला भन्ने मलाई चिन्ता र चासो लागिरहेको छ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *