सर्लाही, २८ जेठ ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नुभएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमा नै प्लेकार्ड देखाएर विरोध गर्दै अध्यक्ष साम्पाङले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन र प्रधानमन्त्री स्वयं संसदमा आएर माफीमा माग्नुपर्ने माग गर्नुभएको हो ।

उहाले सदन सञ्चालन भएपनि माग पुरा नभएसम्म आफुहरुले यस बिषयमा निरन्तर आवाज उठाउने धारणा राख्नुभयो ।

साथै साम्पाङले संसदलाई नियमावली अनुसार सञ्चालन गर्न ध्यानाकर्षण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *