सर्लाही, २९ जेठ । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिशका विषयमा कर्मचारीको संलग्नता सम्बन्धमा छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको छ ।

अध्ययन भिसा सिफारिशका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न मन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन भएको हो ।

मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन भएको छ । समितिका सदस्यमा मन्त्रालयकै उपसचिव गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहनुभएको छ ।

समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका तथा जिम्मेवारीबारे आवश्यक अनुसन्धान गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश छ ।

वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिशका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजातहरू नक्कली रहेको देखिएपछि छानबिन प्रक्रिया अघि बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *