सर्लाही, २९ जेठ । काभ्रेको बनेपाबाट रोशी गाउँपालिका–स्थित सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बा३ख ८३९८ नम्बरको बस शुक्रबार विपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन् । घटनामा अन्य यात्रुहरू पनि घाइते भएको आशंका गरिएको भए पनि घाइतेको यकिन संख्या सार्वजनिक भएको छैन ।
मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण पनि तत्काल खुल्न सकेको छैन । प्रहरी टोलीले घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक अनुसन्धान अघि बढाइरहेको छ ।
बस सडकबाट तल खसेर दुर्घटनामा परेको बताइएको छ। घटनासम्बन्धी थप विवरण सङ्कलन भइरहेको र मृतक तथा घाइतेहरूको आधिकारिक विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
