सर्लाही, १ असार । मधेश प्रदेशको बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सभा बैठकमा आर्थक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरिरहेका छन् ।

उनका अनुसार बजेटलाई उत्पादन वृद्धि, उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणको लक्षसँग आबद्ध गरिने छ ।

साथै कठोर वित्तीय अनुशासन र मितव्ययिताको रणनीति पनि बजेटले अँगालेको उनले जानकारी दिए ।

उनका अनुसार एक करोडभन्दा कम रकमका योजनामा बजेट नछर्ने, नयाँ सवारी साधन खरिदमा रोक लगाउने र अनुत्पादक खर्च कटौति गरी पुँजीगत निर्माणमा लगाउने रणनीति अख्तियार गरिने छ ।

साना र टुक्रे योजनाको चापलाई कम गर्दै परिणाममुखी ठूला आयोजनाहरुमा स्रोत केन्द्रित गरिने मन्त्री भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *