सर्लाही, १ असार । सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सिंहदरबारमा निर्माणाधीन संसद् हलको निरीक्षण गर्दै काम समयमै सक्न निर्देशन दिएका छन् ।
सोमबार संसद् बैठक सुरुहुनुअघि अर्यालले सचिवालयका कर्मचारीहरूसहित निर्माणाधिन संसद् हलको निरीक्षण गरेका हुन् ।
त्यसक्रममा उनले हल तयार गर्ने काम दु्रत गतिमा गर्न निर्देशन दिँदै नभए हरेक दिन एक करोड रुपैयाँ जरिवाना गर्ने चेतावनीसमेत दिए ।
गत जेठ १५ गते यही हलबाट बजेट सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म हल तयार भएको छैन ।
निरीक्षणको क्रममा अर्यालले हल तयार गर्ने यकिन मिति भन्नसमेत निर्माण पक्षलाई आग्रह गरेका थिए । समयमै हल तयार नभए हरेक दिन एक करोड जरिवाना तिराउने चेतावनीसमेत उनले दिएका हुन् ।
सहरी विकास मन्त्री, सचिव र निर्माण कम्पनीका मानिसलाई तत्काल बोलाएर उनले हल निर्माणको काम सक्न निर्देशन दिए ।
‘रातदिन काम गरेर भए पनि बोलेको कुरा त पुर्याउनुपरो नि। बहाना बनाइर हनुहुन्छ,’ चेतावनीको शैलीमा अर्यालले भने, ‘तपाईँहरुले हामीलाई नटेरेको होला। यो त अपमान भएन र? राष्ट्रकै अपमान हो यो ।’


