सर्लाही, २ असार ।  प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

बजेटमाथि मन्त्रालयगत छलफलमा हुँदा मन्त्रीहरू उपस्थित नभएको भन्दै आपत्ति जनाएपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

९ वटा मन्त्रालयको बजेटमाथि छलफल हुँदा ३ जनामात्रै मन्त्री सहभागी भएको भन्दै विपक्षीले सदनमा मन्त्रीहरूको अनिवार्य उपस्थिति खोजेका छन् ।

हिजो पनि एमालेका सांसद राजेन्द्र राई रोष्ट्रममा उभिएर बसेपछि सभामुखले बैठक रोकेर मन्त्रीहरूलाई बोलाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *