सर्लाही, २ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राईले गृहमन्त्री सुधन गुरुङलाई ‘क्विक एक्सन मिनिस्टर’ भनेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले फिल्डमा गएर एक्सनमा उत्रने भएकाले गृहमन्त्रीलाई सांसद राईले ‘क्विक एक्सन मिनिस्टर’ भनेका हुन् । मन्त्री गुरुङ २८ जेठमा पीडितको गुनासो सुन्न माइतीघर मण्डलामा पुगेका थिए । त्यसपछि सांसद राईले ‘क्विक एक्सन मिनिस्टर’ भनेका हुन् ।

‘म क्विक एक्सन मिनिस्टर भन्न चाहन्छु गृहमन्त्रीज्यू । क्विक एक्सन लिनुहुन्छ उहाँले । उहाँ आफैँ फिल्ड भिजिटमा जानुभएको छ । माइतीघरमा विभिन्न खालका मानिसहरू वर्षौंसम्म आन्दोलन गरेर डेरा बस्दाखेरि नेपाल सरकारले ध्यान दिनुपर्छ । के खालको माग राख्नुभएको छ । ध्यान दिएर न्याय दिनुपर्छ,’ सांसद राईले भने ।

उनले प्रधानमन्त्री वालेन्द्र शाह संसदमा आएर ‘नेपालले पनि भारतको सीमा मिचेको रहेछ’ भनी दिएको अभिव्यक्ति सच्याउने आशा रहेको बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *