सर्लाही, २ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसद रेखाकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिकाे बारेमा संसदमा गोप्य मतदान गर्न माग गर्नुभएको छ ।
प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै उहाँले यस्ताे माग गर्नुभएकाे हाे । प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति संसदले निर्क्याेल गर्नुपर्ने भएकाले पनि संसदमा यस सम्बन्धमा गोप्य मतदान गर्न आवश्यक रहेको सांसद यादवको तर्क छ ।
प्रधानमन्त्री शाहको अभिव्यक्ति पछि सुस्ता लगायतका नेपाली भूमिमा भारतीय सीमा सुरक्षा बलले बल प्रयोग गर्ने गरेको भन्दै यसको जवाफ कसले दिने भनि सरकारलाई प्रश्न समेत गर्नुभयो । सांसद यादवले प्रधानमन्त्री साहले संसदमा दिनु भएको उक्त अभिव्यक्तिको जवाफ नआएसम्म आफूहरुको विरोध यथावत रहेको समेत बताउनुभएकाे छ ।
सांसद यादवले प्रधानमन्त्री शाहको अभिव्यक्तिको ढाकछोप हुनेगरी परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा जवाफ दिएको आरोप लगाउनुभयो ।
