सर्लाही, ४ असार । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जीको लागि दबाब दिएको विषयमा सरकारको जवाफ मागेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री कार्यालय कोही मान्छेलाई बोलाएर बयान लिने ठाउँ नभएको बताए ।

उनले भने, ‘प्रधानमन्त्री कार्यालय देशको कार्यकारी प्रमुखको कार्यालय हो, त्यो कोही मान्छेलाई बोलाएर बयान लिने ठाउँ होइन ।

संवैधानिक आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर जबरजस्ती कोही मान्छेहरूमाथि थुनछेकका निम्ति र कारबाहीका निम्ति भनेर सत्ताको दुरुपयोग गरिराख्नुभएको यदि छ भने यो गम्भीर विषय हो। यसलाई छानबिन गरियोस् ।’

उनले यस घटनाकाे सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न माग गरे। उनले मात्रै नभई नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङ र एमाले सांसद लक्ष्मीप्रसाद पोखरेलले पनि यो विषय सदनमा उठाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *