सर्लाही, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत आजका लागि तोकिएको बन्दसत्र स्थगित भएको छ ।

महाधिवेशन प्रतिनिधिको नाम टुंगो लाग्न नसक्दा र परिचय पत्र वितरण हुन नसक्दा आज बन्दसत्र हुन नसकेको हो । बन्दसत्रमा प्रवेश गर्न परिचयपत्र अनिवार्य गरिएको छ ।

भोलि बिहान खाजापछि बन्दसत्र सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

आज बन्दसत्र हुन नसक्दा महाधिवेशन कम्तीमा १ दिन लम्बिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *