सर्लाही, ८ असार । चक्रघट्टा गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा जडान गरिएका सौर्य बत्तीसम्बन्धी भ्रष्टाचार (गैरकानुनी लाभ) मुद्दामा विशेष अदालतले पूर्व गाउँपालिका अध्यक्ष विक्रम यादवसहित १३ जना प्रतिवादीलाई सफाइ दिएको छ ।‎‎

विशेष अदालतमा दर्ता भएको मुद्दा नं. ०८१-CR-०१२३ मा नेपाल सरकार वादी र विक्रम यादवसमेत प्रतिवादी रहेका थिए ।

अदालतको इजलास नं. २ का सदस्य माननीय न्यायाधीश श्री नारायणप्रसाद पौडेल र सदस्य माननीय न्यायाधीश श्री उमेश कोइराला को संयुक्त इजलासले २०८३ साल असार ८ गते उक्त मुद्दामा फैसला सुनाउँदै प्रतिवादीहरूलाई सफाइ दिएको हो ।‎‎‎

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चक्रघट्टा गाउँपालिकामा सौर्य बत्ती जडान कार्यमा अनियमितता भएको आरोपमा मुद्दा दायर गरेको थियो ।

अदालतको पछिल्लो फैसलासँगै उक्त मुद्दामा प्रतिवादीहरूलाई राहत पुगेको छ ।‎‎

फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि अदालतले सफाइ दिनुको आधार र कानुनी व्याख्या थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *