काठमाडौं, ९ असार । फिफा विश्वकप २०२६ मा २२ जुन अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेका लागि विशेष दिन बन्यो । दुवै खेलाडीले आ–आफ्ना टोलीको जितमा महत्त्वपूर्ण योगदान दिँदै विश्व फुटबलमा आफ्नो प्रभाव फेरि एकपटक प्रमाणित गरे ।

अर्जेन्टिनाले अस्ट्रियामाथि २–० को जित दर्ता गर्दा मेस्सीले टोलीको आक्रमणलाई नेतृत्व गरेका थिए । यता फ्रान्सले इराकलाई ३–० ले पराजित गर्ने क्रममा एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई सहज जित दिलाए ।

दुवैले उत्कृष्ट प्रदर्शन गर्दै आ–आफ्नो टोलीलाई लगातार दोस्रो जित दिलाए । अर्जेन्टिना र फ्रान्स दुवैले सुरुवाती दुई खेलमा शतप्रतिशत निकालेका छन् । लगातार जितसँगै दुवै टोलीको नकआउट चरण प्रवेश गरेका छन् ।

243967-01-02-1782183759.jpg
इङ्गलवुडस्थित सोफी स्टेडियममा सम्पन्न समूह ‘जे’ को खेलमा अर्जेन्टिना र अस्ट्रिया आमनेसामने भएका थिए । खेलअघि नै सबैको ध्यान अर्जेन्टिनाका कप्तान तथा स्टार फरवार्ड मेस्सीमाथि केन्द्रित थियो । विश्वकपमा १६ गोल गर्दै जर्मनीका मिरोस्लाभ क्लोसको कीर्तिमान बराबरी गरेका मेस्सीसँग नयाँ इतिहास रच्ने क्षणको प्रतीक्षा गरिएको थियो ।

अस्ट्रियाविरुद्ध मेस्सीले समग्रमा प्रभावशाली प्रदर्शन गरे पनि गोल थप्ने अवसर भने सदुपयोग गर्न सकेनन् । उनले प्राप्त पेनाल्टी प्रहार गोलमा परिणत गर्न नसक्दा स्टेडियममा उपस्थित हजारौँ अर्जेन्टिनी समर्थक निराश बनेका थिए । पेनाल्टीमा चुकाएसँगै विश्वकपमा सर्वाधिक गोलकर्ताको नयाँ कीर्तिमान बनाउने उनको प्रयास पनि तत्कालका लागि स्थगित भएको थियो ।

तर, अर्जेन्टिनाले चाँडै नै बलियो पुनरागमन गर्‍यो । कप्तान लियोनेल मेस्सीले ३८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि उनले खेलको अन्तिम क्षणमा अर्को गोल थप्दै अर्जेन्टिनालाई २–० को जित सुनिश्चित गरे । यी दुई गोलसँगै मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए । यससँगै उनको विश्वकप गोल संख्या १८ पुगेको छ, जसले उनलाई नयाँ कीर्तिमानी सूचीको शीर्षमा पुर्‍याएको छ

(SP)U.S.-PHILADELPHIA-FOOTBALL-FIFA+WORLD+CUP-GROUP+I-FRA+VS+IRQXxjpbeE000042_20260623_PEPFN0A001-1782183780.JPG
यसैबीच फ्रान्सका फर्वाड किलियन एम्बाप्पे पनि पछि परेनन् । समूह ‘आई’को खेलमा फ्रान्सले इराकलाई ३–० ले पराजित गर्दै लगातार दोस्रो जितसहित ६ अंक जोड्यो ।

एम्बाप्पेले खेलको १४औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने  उस्मान डेम्बेलेले तेस्रो गोल थपे । जितसँगै फ्रान्स पनि समूहको दोस्रो स्थानमा रहँदै अर्को चरण प्रवेश गरेको छ । यो समूहको शीर्षस्थानमा नर्वे पुगेको छ ।

विश्व फुटबलका दुई सुपरस्टार मेस्सी र एम्बाप्पेले एकैदिन चम्किलो प्रदर्शन गरेपछि सामाजिक सञ्जाल र खेलकुद वृत्तमा उनीहरूको चर्चा फेरि चुलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *