सर्लाही, ९ असार । रास्वपाको जारी महाधिवेशन प्रतिनिधि ४२ सयभन्दा धेरै भएका छन् ।
महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता गणेश पराजुलीले करिब २८ सयबाट बढेर ४२ सय हुँदा प्राविधिक त्रुटिको कारण हिजो बन्दसत्र सुरू हुन नसकेको बताए ।
उनले अहिले हलबाट महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण सुरू भइसकेको बताउँदै आज १ बजेदेखि बन्दसत्र सुरू हुने जानकारी गराए ।
१ बजे बन्द सत्र सुरू हुँदा करिब ४ घण्टाभित्र सक्ने र मनोनयन प्रक्रिया सुरू हुने पराजुलीले जानकारी दिए ।
उनले भने, ‘आजै मनोनयन दर्ता हुनेछ र त्यसपछि निर्वाचन सम्भवतः भोलि बिहानबाट सुरु हुनेछ । भोलि सबै टुंग्याउनेगरी अगाडि बढेका छौँ ।’
