काठमाडौं, १० असार । कोलम्बिया पोर्चुगललाई उछिन्दै फिफा विश्वकपको नकाउट चरणमा पुगेको छ ।

बुधबार भएको खेलमा डीआर कंगोलाई १–० गोलले हराएर समूह ‘के’ को शीर्षस्थानमा रहँदै कोलम्बिया नकाउट चरणमा पुगेको हो ।

यही समूहमा रहेको पोर्चुगल ४ अंकसहित दोस्रो स्थानमा परेको छ ।

कोलम्बियाको आजको जितमा डेनियल मुनोजले खेलको ७६औँ मिनेटमा गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *