सर्लाही, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा झन्डै ५० प्रतिशत महिला निर्वाचित भएका छन् ।
बुधबार राति पहिलो चरणको निर्वाचन अन्तर्गत भएको मतदानबाट ४९ जना महिला केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
उम्मेदवारी दिएकामध्ये ६१.२५ प्रतिशत महिला निर्वाचित भएका छन् ।
रास्वपा केन्द्रीय सदस्यमा ८० जना महिला उम्मेदवार थिए ।
कुल ९९ केन्द्रीय सदस्यका लागि ३८४ जना उम्मेदवार थिए ।
यो सूची अनुसार भुगोल क्लस्टरबाट १७४ र राष्ट्रिय क्लस्टरबाट २१० जनाले उम्मेदवारी दिएका छन्। भूगोलमा १३९ जना पुरूष र ३५ जना महिलाले प्रतिस्पर्धा गरेका थिए ।
त्यस्तै, राष्ट्रिय क्लस्टरमा १६५ पुरूष र ४५ महिला प्रतिस्पर्धामा थिए ।
केन्द्रीय सदस्यका बाँकी ५० जना सदस्य सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् ।
त्यसो गर्दा केन्द्रीय समितिमा महिलाको संख्या अझै बढ्नेछ ।
