सर्लाही, १२ असार । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।

चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्मेदवारी नपरेपछि रास्वपाको निर्वाचन आयोगले शुक्रबार बिहान वाग्लेलाई उपसभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।  

पुरुषतर्फको एक उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले सर्वसम्मत रूपमा चुनिएका हुन् । ​आफ्नो दाबी फिर्ता लिएका श्रेष्ठ नै वाग्लेको प्रस्तावक बसेका थिए । 

रास्वपाको विधानअनुसार उपसभापति ३ जना रहनेछन्। जसमा चुनावबाट एक महिला अनिवार्यसहित २ जना चुनिनेछन् भने १ जना सभापतिबाट मनोनयन हुनेछन् ।    

तीमध्ये पुरुषतर्फ वाग्ले निर्विरोध चुनिएका हुन् । यसअघि वाग्ले निर्वाचनबाट केन्द्रीय सदस्य चुनिएका थिए । रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेता पदबाहेक अन्य पदाधिकारीका लागि पहिले केन्द्रीय सदस्य चुनिनुपर्छ । 

केन्द्रीय सदस्य पदको निर्वाचनमा वाग्लेले खुलातर्फ सबभन्दा बढी २६०७ मत ल्याएका थिए । 

रास्वपाको सभापति पदमा पनि रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *