काठमाडौँ, १३ असार । गत बुधबार साँझ दक्षिण अमेरिकी देश भेनेजुएलामा गएका दुई शक्तिशाली भूकम्पमा मृत्यु भएकाको संख्या ९२० पुगेको छ भने ३ हजार ३६० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
अझै सयौँ बेपत्ता छन् । भग्नावशेष हटाउने र बेपत्ता खोज्ने क्रम जारी छ ।
यस क्रममा शुक्रबार अधिकारीहरूले अहिलेसम्म २४३ जनालाई जीवितै फेला पारिएको बताएका छन् ।
मृतकको संख्या अझै बढ्ने सम्भावना छ ।
