सर्लाही, १३ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले समस्याग्रस्त तुलसी सहकारीका १५८ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएको जानकारी दिएकी छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रावलले सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त भएको रकम बचतकर्तालाई फिर्ता गर्ने कार्यलाई निरन्तर अघि बढाइरहेको बताएकी हुन् ।

उनका अनुसार तुलसी सहकारीका १५८ जना बचतकर्तालाई पनि सोही प्रक्रियाअनुसार बचत रकम फिर्ता गरिएको हो ।

मन्त्री रावलले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने काम प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर सञ्चालन भइरहेको उल्लेख गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *