सर्लाही, १६ असार । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सुस्ता क्षेत्रका बासिन्दा लालपुर्जा र नेपाली नागरिकताको सुनिश्चितताको माग गर्दै काठमाडौं आइपुगेका छन् ।

सीमा समस्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मीले आफूहरूलाई निरन्तर दुःख दिएकाे भन्दै उनीहरू आफ्ना मागसहित राजधानी आएका हुन् ।

सुस्तावासीले आफूहरू नेपाली भूमि र नेपाली नागरिक भए पनि लालपुर्जा तथा नागरिकतासम्बन्धी समस्या समाधान हुन नसकेको गुनासो गरेका छन् । उनीहरूले सरकारले आफूहरूकाे माग तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् ।

आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउन उनीहरूले आजदेखि काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना सुरु गर्ने जनाएका छन् । 

Sustabasi-Kathmanduma_NPL-(8)-1782800039.jpeg
Sustabasi-Kathmanduma_NPL-(3)-1782800037.jpeg
Sustabasi-Kathmanduma_NPL-(5)-1782800038.jpeg
Sustabasi-Kathmanduma_NPL-(6)-1782800038.jpeg
Sustabasi-Kathmanduma_NPL-(9)-1782800039.jpeg
Sustabasi-Kathmanduma_NPL-(2)-1782800037.jpeg
Sustabasi-Kathmanduma_NPL-(1)-1782800037.jpeg

Leave a Reply

Your email address will not be published. Required fields are marked *