काठमाडौं, १७ असार । पासपोर्ट खरिद प्रकरणसँग सम्बन्धित विषयमा सार्वजनिक भएका केही समाचार गलत वा भ्रामक रहेको भन्दै जर्मनीले त्यसबारे आधिकारिक स्पष्टीकरण दिएको छ । 

काठमाडौंस्थित ‘जर्मन दूतावास‘ले बुधबार एक सूचना जारी गर्दै पासपोर्ट खरिद प्रकरणका कुनै सम्भावित परिणाम र कारबाहीबारे नेपाललाई कुनै चेतावनी नदिएको जनाएको छ ।

दूतावासले नेपालसँग सम्बन्धित राहदानी खरिद प्रकरणबारे सार्वजनिक भएका केही तथ्यहरू गलत रहेको भन्दै तीन बुँदे स्पष्टीकरण सार्वजनिक गरेको हाे ।

दूतावासका अनुसार बर्लिनस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मन संघीय विदेश मन्त्रालयमा छलफलका लागि आमन्त्रण गरिएको हो, स्पष्टीकरण माग्दै बोलाइएको होइन । कूटनीतिक अभ्यासमा यी दुई विषयबीच स्पष्ट भिन्नता रहेको जर्मनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *