सर्लाही, १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण सकिएसँगै पहिलो केन्द्रीय समिति बैठक सुरू भएको छ । पार्टी कार्यालय घण्टीघरमा बैठक जारी छ ।

रास्वपाको चितवनमा सम्पन्न पहिलो महाधिवेशनले ९९ जनाको केन्द्रीय समिति निर्वाचित गरेको थियो । केन्द्रीय समितिमा थप ५१ जना मनोनीत गर्न बाँकी छ । केन्द्रीय समिति बैठकमा मनोनयनका विषयमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *