सर्लाही, १८ असार । सर्लाही प्रहरीले अवैध रूपमा ढुवानी गरिँदै गरेको साल (सखुवा) जातको काठसहित एक ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।
सर्लाहीका अनुसार हिजाे पर्सा गाउँपालिका–६, मलंगिया पाेखरी स्थित पर्साबाट मलंगवा तर्फ आउँदै गरेको ना.२ त ७९०० नम्बरको ट्र्याक्टरमा साल (सखुवा) जातको गोलिया काठ लोड गरी ल्याइरहेको अवस्थामा प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले ट्र्याक्टरमा लोड गरिएको करिब १६६.१८ क्यूफिट परिमाणका २२५ वटा गोलिया काठ बरामद गरेको जनाएको छ ।
यस क्रममा ट्र्याक्टर चालक सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ निवासी अन्दाजी ४२ वर्षीय सुरेन्द्र महतोलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि ट्र्याक्टर र बरामद काठसहित डिभिजन वन कार्यालय, लालबन्दीमा बुझाइएको प्रहरीले जनाएको छ ।
