सर्लाही, १८ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राई (साम्पाङ) नेपाल-आयरल्याण्ड संसदीय मैत्री समूहको संयोजक चयन भएका छन् । 

सभामुख डोलप्रसाद अर्यालले राईलाई आयरल्याण्डको संसदसँग समन्वय गर्न संयोजक तोकेका हुन् ।

नेपाल-आयरल्याण्ड संसदीय मैत्री समूहको सदस्यमा रास्वपाका खुश्बु सरकार श्रेष्ठ, ललिता कुमारी, सूर्यबहादुर तामाङ, कांग्रेसका नारायणदत्त भट्ट, एमालेकी रुक्मिणी कोइराला सदस्य छन् । 

संसदीय मैत्री समूहले सम्बन्धित देशसँगको कूटनीतिक सम्बन्धमा आपसी सम्वाद र संसदीय अनुभव र अभ्यास आदानप्रदान गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *