सर्लाही, १९ असार । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी र नेताविरुद्ध सामाजिक सञ्जालमा केही पनि नलेख्न निर्देशन दिएका कार्यकर्तालाई निदर्लेशन दिएका छन् ।

बिहीबार धुम्बाराहीमा जनसंगठन समन्वय संयन्त्र र पुनर्गठन सुझाव कार्यदलसँगको छलफलमा बोल्दै अध्यष ओलीले सामाजिक सञ्जालमा नेताविरुद्ध नलेख्न, असहमति प्रकट नगर्न निर्देशन दिएको एक नेताले बताए । 

‘सामाजिक सञ्जालमा पार्टी र नेताविरुद्ध जथाभावी लेख्ने चलन बढिराखेको छ । कुनै पनि नेता कार्यकर्ताले सामाजिक सञ्जालमा नेतृत्व र पार्टीविरुद्ध केही पनि नलेख्नु, कारवाही हुन्छ ।’ ओलीको भनाइ उद्धृत गर्दै ति नेताले भने । 

ति नेताका अनुसार एमाले जनसंगठनका प्रमुखहरुले अहिले पनि पार्टी पुर्नगठनबारे धारणा राखिराखेका छन् । अध्यक्ष ओली भने निर्देशन दिएर हिँडिसकेका छन् । 

धारणा राख्ने क्रममा अधिकांस जनसंगठन प्रमुखहरुले पुर्नगठनकै पक्षमा धारणा राखेको ति नेताको दावी छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *