सर्लाही, १९ असार । राष्ट्रिय सेवा दल विधेयक संसद् पुगेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।

नेपालको संविधानको धारा ५१ को खण्ड (क) (राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति) को क्र.सं (६) मा राष्ट्रिय आवश्यकता अनुरूप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने नीति राज्यले अवलम्बन गर्ने उल्लेख छ ।

यही संवैधानिक व्यवस्थामा टेकेर सरकारले यो विधेयक ल्याएको हो । विद्यमान राष्ट्रिय सेवा दल ऐन २०२७ लाई समय सापेक्ष बनाई कार्यान्वयन गर्न विधेयक ल्याइएको हो ।

विधेयकको उदेश्य अन्तर्गत भनिएको छ, ‘विद्यालयमा अध्ययनरत विद्यार्थीमा देश प्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउन तथा राष्ट्रिय आवश्यकताको आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयं सेवकका रुपमा राष्ट्र सेवामा खटाउन सक्ने गरी कानूनी व्यवस्था गर्न आवश्यक परेकोले प्रस्तुत विधेयक संघीय संसदमा पेश गर्नु परेको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *