काठमाडौं, १९ असार । स्विट्जरल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
भर्खरै सम्पन्न खेलमा अल्जेरियालाई २–० गोलले हराउँदै स्विट्जरल्यान्डले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो।
स्विट्जरल्यान्डको जितमा ब्रिल इम्बोलो र डान एन्डोयले एक–एक गोल गरे।
खेलको १० औं मिनेटमा नै इम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुआती अग्रता दिलाए। ४६ औं मिनेटमा एन्डोयले गोल थप्दै टोलीको अग्रता दोब्बर पारे।
त्यसपछि खेलमा थप गोल हुन सकेन र स्विट्जरल्यान्ड विजयी बन्यो।स्विट्जरल्यान्डको यो ऐतिहासिक जित समेत हो। टोलीले ८८ वर्षपछि नकआउटमा जित निकाल्यो। १९५४ पछि उसले आज बल्ल नकआउटमा जित निकालेको हो।
स्विट्जरल्यान्डले अब अन्तिम १६ मा कोलम्बिया र घानाबीचको विजेतासँग खेल्नेछ। पराजित अल्जेरिया भने राउन्ड अफ ३२ बाटै बाहिरिएको छ ।
