सर्लाही, २० असार । सरकारले मन्त्रालयको संख्या घटाउँदा वार्षिक २० अर्ब रुपैयाँ बचत भएको हुने दाबी गरेको छ ।
शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारको एक सय दिने प्रगति विवरण सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन् ।
‘हामीले वाचापत्रमै मन्त्रालय घटाउने कुरा गरेका थियौँ । त्यहीअनुसार सरकारले १८ सदस्यीय मन्त्रिपरिषद् बनाएको छ,’ पोखरेलले भने, ‘मन्त्रालयको संख्या घट्दा वार्षिक २० अर्ब रुपैयाँ व्यवहारिक बचत हुनेछ ।’
प्रवक्ता पोखरेलले सार्वजनिक गरेकाे पहिलो बुँदामा संघीय मन्त्रालयको संख्या कटौतिको विषय समावेश गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी वाचापत्र उल्लेख भएबमोजिम मन्त्रालयको संख्या घटाएर १८ कायम गरिएको प्रवक्ता पोखरेलले बताए ।
