सर्लाही, २२ असार । गृहमन्त्री सुधन गुरूङले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीलाई अनिवार्य रूपले ढाका टोपी लगाउन निर्देशन दिनुभएकाे छ ।

निरीक्षण तथा अनुगमनका लागि शुक्रबार अध्यागमन कार्यालय पुगेका गृहमन्त्री गुरूङले कर्मचारीहरूलाई ढाका टोपी लगाउन निर्देशन दिएको त्यहाँका सूचना अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार मन्त्री गुरूङले शुक्रबार ढाका टोपी लगाउन निर्देशन दिएपछि शानिबारदेखि नै केही कर्मचारीले लगाउन सुरू गर्नुभएकाे थियाे ।

पर्यटकहरू नेपाल प्रवेश गर्दा सबभन्दा पहिले देख्ने स्थान भएकाले अध्यागमन कर्मचारीको पोसाक, व्यवहार र सेवाले देशका छवि झल्किने भन्दै गृहमन्त्रीले ढाका टोपी लगाउन भनेको उहाँ जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *