प्राविधिक समस्याका कारण संसदको लाइभ स्ट्रिमिङ प्रभावित

Byसदाम हुसैन

२०८३ असार २२, सोमवार २०८३ असार २२, सोमवार २०८३ असार २२, सोमवार
काठमाडौँ, २२ असारः प्रतिनिधिसभा बैठक सिंहदरबारस्थित सङ्घीय संसद भवनमा सोमबार बसेको प्रतिनिधिसभाको बैठक । तस्बिरः रत्न श्रेष्ठ/रासस

सर्लाही, २२ असार । सोमबारको प्रतिनिधिसभाको बैठकमा पनि प्रत्यक्ष प्रसारण प्रणाली (लाइभ स्ट्रिमिङ) प्रभावित भएको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्राविधिक समस्याका कारण सदनको लाइभ स्ट्रिमिङ प्रभावित भएको जानकारी दिए ।

यसअघि प्रतिनिधिसभाको १८ असारको बैठकमा पनि प्राविधिक समस्या देखिएको भन्दै लाइभ गरिएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *