सर्लाही, २३ असार ।  चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।

नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज मन्त्रालयमा शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गरे।

यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *