सर्लाही २४ असार । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज (बुधबार) उद्योगी-व्यवसायीसँग छलफल गर्ने भएका छन् ।
छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा बिहान ११ बजे हुनेछ ।
प्रधानमन्त्रीसँग छलफलका लागि बाेलाइएकाे चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालखबरलाई जानकारी दिए ।
छलफलका लागि चेम्बर अफ कमर्सका साथै नेपाल उद्याेग वाणिज्य महासंघका नेतृत्वकर्ता तथा पदाधिकारीलाई मन्त्रिपरिषद्को कार्यालयमा बाेलाइएकाे छ ।
उद्याेगी व्यवसायीले सरकारले बजेट ल्याउनु अघिदेखि नै प्रधानमन्त्रीसँग छलफल गर्न खाेजेका थिए ।
