सर्लाही, २५ असार । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिले आत्मदाह प्रयास गरेका छन् । विभागको ३ नम्बर गेटअगाडि एक पुरुषले केहीबेरअघि शरीरमा आगो लगाएर आफ्नै ज्यान लिने प्रयास गरेका हुन् ।
प्रहरीले नियन्त्रणमा लिएर उनलाई उपचारका लागि अस्पताल लगेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले नेपाल प्रेसलाई बताए । ती पुरुषको विस्तृत विवरण खुल्न बाँकी छ । आत्मदाह प्रयास गर्नुको कारण पनि खुल्न बाँकी छ ।
घटनाको अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए ।
